भक्तपुर – कोरोना भाइरसको संक्रमणबाट भक्तपुर अस्पतालमा उपचार गराईरहेका २ जनाको मृत्यु भएको छ । भक्तपुर अस्पतालमै उपचाररत कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भई कात्तिक ३ गते अस्पताल भर्ना भएकी कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलाले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी थिइन् ।
स्वास्थ्य समस्या भएपछि गत असोज २३ गते अस्पताल भर्ना भएका ती वृद्धमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएकोअस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा।सुमित्रा गौतमले बताइन् ।