भक्तपुर र बनेपामा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम

47

काठमाण्डौं – कोरोना भाईरसको प्रभाव जनसंख्याको आधारमा दक्षिण एसिया कै उच्च बिन्दुमा पुग्नुको साथै बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान जिवनदान” भन्ने मुल नारा सहित नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको साताव्यापी रक्तदान कार्यक्रम अन्तर्गत मङ्सिर ९ गते भक्तपुर र बनेपामा सम्पन्न भएको छ ।

नेपाली काङ्रेस पार्टि कार्यालय परिसर सल्लाघारी र काभ्रेको बनेपामा नेपाली काङ्ग्रेस खेलकुद विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री प्रभाव शाली केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, खेलकुद विभागका अन्य सदस्यहरु, पार्टिका केन्द्रिय सदस्यहरु, माननियहरु, पार्टीका अग्रज नेता कार्यकर्ता गण, भातृ शुभेच्छुक संस्थाका पदाधिकारी लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

खेलकुद विभागका सदस्य उमेश खड्काको संयोजकत्वमा भक्तपुरमा भएको रक्तदान कार्यक्रम पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। काङ्ग्रेस भक्तपुरका सभापती दुर्लभ थापा बिशिष्ट अतिथि भएको उक्त कार्यक्रममा माननिय कृष्ण भडेल, क्षेत्रीय सभापती जीवन खत्री लगायत थुप्रै नेताहरुको आतिथ्यता रहेको थीयो।

त्यस्तैगरी, आजै विभागका सदस्य चन्द्र बहादुर तामाङको संयोजकत्वमा काभ्रेको बनेपामा भएको रक्तदान कार्यक्रमलाई पुर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत र नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य शिव हुमागाईले संयुक्तरुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा पुर्वमाननीय तिर्थ लामा लगायत भातृ शुभेच्छुक संस्थाका थुप्रै नेताहरुले आतिथ्यता ग्रहण गरेका थिए ।

उक्त रक्तदान कार्यक्रमहरुलाई नेपाली काङ्ग्रेसका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले “जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली काङ्ग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको” बताए ।

विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १५ गते सम्म स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।

समाचार वर्गहरू