भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

4

काठमाडौं – काठमाडौंको सतुंगलमा भन्सार छलेर ल्याएको ३७७ बोरा चिनी बरामद भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि बुधबार १८ हजार ८५० केजी चिनी बरामद गरेको हो ।

गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो । आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको पाइएपछी उक्त चिनी बरामद गरिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू