चितवन – कोरोना भाइरसको संक्रमणबाट भरतपुरको निजी अस्पताल पुष्पाञ्जली अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।
भेन्टिलेटरमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई फोक्सो र दमको समस्या थियो । भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा गम्भिर समस्या आएर भदौ ५ गते अस्पताल भर्ना भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।