चितवन – भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको बिहीबार बिहान मृत्युु भएको छ ।
उपचारको क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ निवासी ८२ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
ती वृद्धमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।