भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

29

चितवन – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

समाचार वर्गहरू