चितवन – भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट अभाव भएको छ । रिएजेन्ट अभाव भएपछि जिल्लामा संकलित स्वाबको नमूना काठमाडौं पठाउन थालिएको छ ।
प्रयोगशालामा चाहिने आर एन ए एब्स्ट्रयाक्सन किट र पीसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो । सोमबार रिएजेन्ट सकिएपछि पीसीआर परीक्षण गर्न रोकिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले बताईन ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट अभाव मंगलबार मात्रै ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिईन ।
जिल्लाका चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ ।