खोटाङ – हलेसी तुवाचुङ नगरपालिका-७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।
डोटी, बोगटान फुडसिल गाउँपालिका-३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।