भाइरल फोटोबारे ओली भन्छन्- ‘त्यो फोटोमा देखाएजती सुन त बोक्न पनी सक्दिन होला’

4

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै गुनासो गरेका छन्।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै आपत्तिसमेत जनाएका छन्।

पशुपतीको जलहरी प्रकरणमा ओलीको नाम पनि जोडिएपछी पछिल्लो समय सुनै सुनले ढाकेको ओलीको तस्बिर सामfजिक सञ्जालमा भाइरल छ ।

आफूले आमा बित्दा र एकपटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि उनले पटक-पटक बताएका थिए। आफुलाई विरोधगर्न कुनै फण्डा नपाएकाहरुले प्रविधीको दुरुपयोग गर्दै उनले भने ‘त्यो फोटोमा देखाएजती सुन त बोक्न पनी सक्दिन होला ।’

उनले त्यो सत्यलाई बग्यांएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए। उनले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा चेतनाको विगुल फुक्न पनि आह्वान गरे।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू