काठमाडौं – भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो ।
उप-राष्ट्रपतिको सचिवालयले ट्वीट गरेको थियो, “भारतका उपराष्ट्रपतिले मंगलबार बिहान नियमित कोभिड-१९ को परीक्षण गरियो । परीक्षणको नतिजा पोजेटिभ आएको छ । यद्यपि, उनको कुनै लक्षण छैन र स्वस्थ छन् ।”
चिकित्सकले उनलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको उनको सचिवालयले जनाएको छ । उनकी श्रीमती उषा नायडूको परीक्षणको नतिजा भने नेगेटिभ आएको छ उनी सेल्फ आइसोलेशनमा बसेकी छन् ।
‘उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ । उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन हुनुहुन्छ’, ट्वीटमा भनिएको छ ।