काठमाडौं – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज भएका छन् । गृहमन्त्री शाहलाई १८ अगस्तमा पोष्ट कोभिड केयरका लागि अस्पताल भर्ना गरिएको थियो ।
अमित शाहलाई कोरोना भाइरसको संक्रमण देखिएपछि गुरुग्रामको वेदांत अस्पतालमा उपचार भइरहेको थियो । १४ अगस्टमा उनको रिपोर्ट नेगेटिभ आएको र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
यद्यपि, कोरोना भाइरसबाट पूर्ण रूपमा निको भए पनि उनलाई कोभिड केयरका लागि अस्पताल भर्ना गरिएको थियो । थकान र शरीर दुखाइको समस्या देखिएपछि उनलाई १७ अगस्टमा थप उपचारको लागि एम्स दिल्लीमा भर्ना गरिएको थियो ।