भारतबाट नेपाल फर्किनेका लागि २० नाका

16

(काठमाडौँ) – छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि सरकारले २० वटा नाका तोकेको छ । शुक्रबार सिंहदरवारमा बसेको कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण बिडारीले स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको बताए ।

उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका छन् ।

समाचार वर्गहरू