काठमाडौं – भारतमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ ।
बुधबार बिहान साढे ११ बजेसम्ममा त्यहाँ कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६ सय ३८ पुगेको छ ।
मंगलबार एकैदिन ६० हजार ९ सय ६३ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ सय ३५ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
भारतमा हालसम्म संक्रमणबाट ४० लाख ९१ जनाको मृत्यु भईसकेको छ ।
भारतमा कोरोनाका ६ लाख ४३ हजार ९ सय ४८ सक्रिय संक्रमित रहेका छन् भने १६ लाख ३९ हजार ५ सय ९९ जना संक्रमण मुक्त भएका छन् ।