काठमाडौं – भारतमा कोरोना भाइर (कोभिड-१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार ४ सय ७२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका तथ्यांकका अनुसार त्यहाँ कोरोना संक्रमितको संख्या ३४ लाख ६३ हजार ९ सय ७३ पुगेको छ । कुल संक्रमित मध्ये ७ लाख ५२ हजार ४ सय २४ सक्रिय केस रहेका छन् ।
संक्रमणका कारण त्यहाँ पछिल्लो २४ घण्टामा एक हजार २१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६२ हजार ५ सय ५० जना पुगेको छ । २६ लाख ४८ हजार ९ सय ९९ जना संक्रमण मुक्त भईरहेका छन् ।
कोरोनाले सबै भन्दा धेरै मानिसको मृत्यु भएको देशहरु :
अमेरिका : एक लाख ८५ हजार
ब्राजिल : एक लाख १९ हजार ५ सय
मेक्सिको : ६३ हजार १ सय ४६
भारत : ६२ हजार ५ सय ५०
ब्रिटेन : ४१ हजार ४ सय ८६
इटाली : ३५ हजार ४ सय ७२
फ्रान्स : ३० हजार ५ सय ९६
स्पेन : २९ हजार ११
पेरु : २८ हजार ४ सय ७१
इरान : २१ हजार २ सय ४९