भारतले दोस्रोपटक जित्यो टी–ट्वान्टी विश्वकप

49

काठमाडाैं – आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेकाे छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेकाे हाे। 

जितका लागि १ सय ७७ रन पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकोमा त्यसलाई प्राप्त गर्न सकेनन् । सूर्यकुमार यादवले २१ रन बनाएका डेविड मिलरको उत्कृष्ट क्याच लिएपछि भारतीय जितको आधार तयार भएको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डे ककले ३१ बलमा ३९ रन बनाए र त्यसमा चार चौका तथा एक छक्का सामेल थियो । ट्रिस्टन स्टब्ले २७ बलमा ५२ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । भारतीय बलरमध्ये हार्द्धिक पान्ड्याले तीन विकेट लिए ।

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। 

त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू