भारतसँगको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली जाने

37

काठमाडौं – नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् ।

फाइनल उपाधिका लागि नेपालले आज दिउँसो सवा ४ बजे भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतिष्पर्धा गर्नेछ ।

नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

समाचार वर्गहरू