भारतीय गृहमन्त्री शाहमाथि प्रतिबन्ध लगाउन अमेरिकी आयोगको सुझाव

43

एजेन्सी – अन्तर्राष्ट्रिय धार्मीक स्वतन्त्रताका लागि अमेरिकी आयोग (युएससीआइआरएफ)ले भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन सुझाव दिएको छ । भारतको तल्लो सदन लोकसभाबाट नागरिकता संसोधन विधेयक पास भएपछि गैरहिन्दूहरु नागरिकताविहीन हुने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

मंगलबार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माथिल्लो संसदबाट पनि विधेयक पारित भएमा गृहमन्त्री अमित शाहसहित अन्य प्रमुख नेतामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको हो ।

उक्त विधेयक त्यहाँको लोकसभाबाट सोमबार राती पास भएको हो । अब विधेयक राज्य सभामा पेश हुने छ । विधेयक पास भएमा लाखौं मुस्लिमहरुको नागरिकता खारेज हुने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका हिन्दू, बौद्ध, जैन, इसाई, शिख र पारसीलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ ।

समाचार वर्गहरू