भारतीय सञ्चार माध्यमलाई प्रधानमन्त्री ओलीको अन्तर्वार्ता (भिडियो सहित)

23

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक संकट बढेको बेला भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइ सर्वोच्च अदालतमा चुनौती दिइरहेको छ भने सडकमा पनि विरोध भइरहेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति समेत तय भइसकेको अवस्थामा दिइएको यो अन्तर्वार्तालाइ नेपाली राजनितीमा अर्थपुर्ण रुपमा लिन सकिन्छ ।

अन्तरवार्ताको भिडियो –

प्रधानमन्त्री ओलीले आदिकवि भानुक्त आचार्यको जन्मजयन्तीका अवसरमा भगवान रामको जन्म भारतमा नभई नेपालमा भएको बताएपछि त्यसलाई प्रधानमन्त्री ओली चीनको इसारामा चलेको आरोप लगाउने तिनै चौधरी हुन् ।

केही दिन आगाडि काठमाडौं आएर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता रेकर्ड गरेका थिए।

समाचार वर्गहरू