भारतीय सशस्त्र सीमा बलको समुह सुस्ता प्रवेश : एसएसबी र स्थानीय बासिन्दाबीच विवाद

51

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह उर्फ बालेनले प्रतिनिधि सभाको बैठकमा छापामार रुपमा समय मागी दिएको नेपालले पनि भारतको भुमी मिचेको छ भन्ने अभिव्यक्ती पछि अहिले नेपाल भारतबीको सिमामा तनाब उत्पन्न भएको छ । प्रधानमन्त्री साहको अभिव्यक्ती लगत्तै भारतिय पक्षले नेपाल र भारतको सिमामा भारतीय सुरक्षाकर्मीको अबैध रुपमा घुसेर नेपालीमाथी दवदवा समेत दिएको छ ।

यसैबीच, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू उखु खेती रहेको क्षेत्रमा पुगेपछि स्थानीय किसान तथा बासिन्दाले कारण सोध्दै विरोध जनाएका थिए। त्यसक्रममा केही समय विवादसमेत भएको बताइएको छ।

स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा भारतीयतर्फ रहेको एउटा कल्भर्ट भत्किएपछि उनीहरूले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आलि प्रयोग गर्ने क्रममा विवाद भएको बताए ।

भण्डारीले भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको जानकारी स्थानीय किसानलाईसमेत गराएको बताए। साथै, उनीहरूलाई भारतीय क्षेत्रकै बाटो मर्मत गरी प्रयोग गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।

केही दिनअघि सुस्तामै भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। तर, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार आजको घटना र त्यसअघिको तटबन्ध विवाद एउटै वडाभित्र परे पनि फरक स्थानका हुन्। घटनाबारे स्थानीय प्रशासनले आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच विवाद उत्पन्न भएको छ । सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रहेका रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरुमा सीमा पार गर्नुको कारण सोधेका थिए । तर, सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेका हुन् ।

एक स्थानीयका अनुसार, सीमा क्षेत्रमा एसएसबी आज बिहान गस्ती गर्न आएका थिए । हतियारसहित उपस्थित भएका सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए । एसएसबीको निरन्तर उपस्थितिमाथि पनि प्रश्न उठाएका थिए । एक स्थानीयले त मुखै फोरेर भनेका थिए, ‘किन यहाँ बारम्बार आउनुहुन्छ ? यो बिहार होइन ।’ सुस्ता बचाउ अभियानसँग जोडिँदै आएका अवधेश कुशवाहा पटक-पटक भारतीय पक्षको यस किसिमको बलमिच्याइँबाट क्रोधित देखिन्छन् ।

नेपाली पक्षको सम्बन्धित निकायले पनि यस विषयमा चासो नदिएकाले सुस्तावासीहरू दुवैतिरबाट मारमा परेका देखिन्छन् । ‘भारतका सुरक्षाकर्मीहरूको यस किसिमको ज्यादती त सुस्तावासीले खेपिरहेका छन् । तर, नेपालको तर्फबाट पनि बलियो अडान नआउँदा सुस्ताले जहिले यसरी दोहोरो मार खेपिरहेको छ,’ उनी भन्छन् । सम्बन्धित निकाय र पक्षहरूले यस विषयमा जानकारी नदिँदा या आवश्यक परेका बेला नबोलिदिँदा झन् गाह्रो परिरहेको कुशवाहा बताउँछन् ।

यसअघि जेठ १९ मा पनि विवाद चर्किएको थियो । सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक(पटक विवाद रहँदै आएको छ । यसअघि जेठ १९ मा पनि विवाद चर्किएको थियो । त्यतिबेला तटबन्ध निर्माण कार्य हुँदै गर्दा भारतका सुरक्षाकर्मीहरू आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले यस विषयमा बोलेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘ सरकारले सुस्तामा भारतीय सेना छिरेको देख्यो कि देखेन रु सीमा रक्षा गर्न नसक्नेले राजीनामा दिँदा हुन्छ !’ प्रतिनिधिसभाको बैठकमा पनि उनले यो प्रश्न उठाएका छन् । उनले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीय निहत्था नेपालीहरूले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै संसद्‌मा प्रश्न उठाएका हुन् ।

यस विषयमा प्रधानमन्त्री नभई सिधै विभागीय मन्त्रीसँग जवाफ आवश्यक रहेको उल्लेख गर्दै नेता साम्पाङले सभामुख डीपी अर्यालसमक्ष रक्षामन्त्रीलाई ‘रुलिङ’ गरेर तत्काल सदनमा बोलाउन माग गरेका छन् । ‘सीमा क्षेत्रमा नेपाली सेना तैनाथ नगर्नका लागि कुनै विशेष सम्झौता, करारपत्र वा सन्धि गरिएको भए त्यसलाई संसद्‌मा तत्काल सार्वजनिक गर्नुपर्‍यो,’ उनले माग गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे विवादित अभिव्यक्ति दिएको ११ दिन भइसकेको पनि स्मरण गरेका छन् ।

समाचार वर्गहरू