भारत जान लागेका २० बालबालिकाको उद्दार

21

नेपालगन्ज – अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्ने सम्भावना रहन्छ,” उनले भने । उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ ।

हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।

धेरै बालबालिका भारत जान लागेको भेटिएपछि शंका लागी रोकिएको जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले बताए । “सँगै जान लागेका एक बालकले बिमारी छु भन्दै ढाँट्यो । सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो,” उनले बताए ।

सिविन बाल हेल्पलाइन नेपालगञ्जमा यो एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् । आव २०७४/७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए ।

 

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू