मोरङ — बलात्कार आरोपीत ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । अदालतमा मुद्दा चल्दै गर्दा भारत भागेका गिरी आज मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भएका हुन् ।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा अदालतमा मुद्दा चल्दै गर्दा ४५ वर्षीय गिरी भारत भागेका थिए । विराटनगर उच्च अदालतले गिरीलाई गत माघ ९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकै दिन उनी बराहक्षेत्रको चतरास्थित आश्रमबाटै फरार भएका थिए ।
गिरीलाई आजै कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।