भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

30

(काठमाडौ) – भारत सरकारको सहयोगमा निर्मित थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । नवनिर्मित विद्यालय भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत डा अजय कुमारले बुधबार औपचारिक उद्घाटन गरेका थिए ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेकाृे छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।

अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन्जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

भारत सरकारको नेरु २.८२५ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित तीन तले नयाँ संरचनामा ११ कक्षाकोठा, तीन प्रयोगशाला, चार भण्डार तथा दुई कर्मचारी कक्ष छन् । साथै लेखा, प्रशासन, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुद्देश्यीय हल र फर्निचरका लागि एक÷एक कोठाको व्यवस्था छ ।

समाचार वर्गहरू