भावी प्रधान न्यायाधीशका लागि संवैधानिक परिषद्‌मा ६ जनाकाे नाम पठाइयाे

98

काठमाडौँ । भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले संवैधानिक परिषद्‌मा ६ जना न्यायाधीशको सूची पठाएको छ । परिषद्ले योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गर्दै परिषद्‌मा पठाएको हो ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण आउँदो चैत १८ गतेदेखि अवकाशमा जान लागेपछि उक्त पदका निम्ति सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको परिषद् स्रोतले जानकारी दिएको छ।

संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थाको उपधारा २ अनुसार प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ।

त्यसैगरी उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ । उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुगेका सबैको नाम परिषद्ले पठाएको हो ।

समाचार वर्गहरू