काठमाडौं – भिजिट नेपाल २०२० सुरु हुन एक दिन मात्र बाँकी छ । सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लोे समय नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको छ । सरकारले पनि विशेषतः धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष सुरु हुनु एक दिन मात्र अघि आज मंगलबार नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले फरक शैलीमा नेपाल सरकारलाई भ्रमण वर्षको शुभकामना दिएकी छिन् ।
उनले पाटन दरबारमा गरेको फोटोसुट ट्वीटरमा सार्वजनिक गर्दै भ्रमण वर्ष सफलताको शुभकामना दिएकी छन् ।
‘साँचो सुन्दरताले सँधै हृदयको गहिराइलाई छुन्छ’, उनले लेखेकी छन् ।
