भिमफेदी कारागारका जेलर थापाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

22

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको भिमफेदी कारागारका जेलर चिरञ्जिवी थापाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जेलर थापाले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएकाले उनी विरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको हो ।

१ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुरमा कोइरालाले जानकारी दिए । अख्तियारले उनी सहित श्रीमती गोमा कट्टेल थापाको नाममा रहेको सम्पत्ति जफत हुनुपर्ने मागदाबी समेत गरेको छ ।

लर थापाले आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफू लगायत श्रीमती समेतका नाममा दर्ता कायम रहने गरी खरिद गरेको पाइएकोले उनकी श्रीमती गोमाविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अनुसन्धानको क्रममा जेलर थापा २०४५ साल जेष्ठ ४ गते सार्वजनिक सेवामा प्रवेश गरेको र आर्थिक वर्ष २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा उनले एक करोड तेह्र लाख साठी हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसाको स्रोत खुल्न नसकेको प्रवक्ता कोइरालाले बताए ।

स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन अनसार जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापा समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको कोइरालाले बताए ।

समाचार वर्गहरू