धर्मेन्द्र प्रसाद यादव/ पर्सा – छिपहरमाईको भिस्वामा नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ ।
नेकपा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा जिल्ला सदस्य हरिन्द्र हाजरा ,गा. पा सचिव कवलसरीफ गदी,बिहारी साह, राजबली यादव, पहाडी गिरी, नाजिर मिया , राजकिशोर यादव, सुबास साह लगायत अतिथिको उपस्थिती रहेको थियो ।
नवगठित वडा कमिटिको अध्यक्षमा मंगनी राउत अहिर, उपाध्यक्ष चन्द्रिका प्र.यादव , सचिव रहमान मिया, सह-सचिव रामलखन ठाकुर , कोषाध्यक्षमा भागीरथ राम चयन भएका छन् । सोमबार छिपहरमाई–१ स्थित श्री नेरा प्रा. वि बघमरिमा भएको कार्यक्रमबाट ४१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । सुरेन्द्र साह कानुले कार्यक्रम सञ्चालन गरेका थिए l