काठमाडौं – अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलको इजलासले केसीको मुद्दामा दाबी नपुग्ने फैसला बुधबार सुनाएको हो।
केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध गाली बेइज्जतीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो।
शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएपछि केसी गाली बेइज्जतीको मुद्दा बोकेर १० करोड क्षतिपूर्ति माग दाबी गरेका थिए ।