भेट्रान्स एथ्लेटलाई सदस्य सचिवद्वारा बिदाई

15

(काठमाडौं) – मित्र राष्ट्र मलेसियाको कुचिङ्ग, सारावकमा आयोजना हुने २१ औं एशिया मास्टर्स एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली भेट्रान्स एथ्लेटहरुलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बिदाई गरे ।

नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटीका अध्यक्ष जिएन दाई शर्माको नेतृत्वमा जाने ३१ सदस्सीय टोलीमा टिम ब्यवस्थापकमा शिव सुन्दरराज बैद्य, संघका उपाध्यक्ष द्वय एवं खेलाडी रुपाल समशेर राणा र गिर्वाण विक्रम शाह, मञ्जु श्रेष्ठ, दिपेन्द्र कुमार गोईत, हेराकाजी महर्जन छन् ।

यस्तै, राज काजी श्रेष्ठ, बाबु राजा श्रेष्ठ, सुनिल कुमार लालवनी, हेम रत्न बज्राचार्य, संघ रत्न शाक्य, गोपाल महर्जन, त्रिरत्तन मानन्धर, श्रवण कुमार श्रेष्ठ, शिबहरि खनाल र बिश्व रत्न मानन्धर रहेका छन् । यस्तै टोली संग १४ जना अभ्जवर्सहरु पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।

खेलाडीहरुलाई बिदाई र शुभकामना ब्यक्त गर्दै सदस्य सचिव सिलवालले खेलाडीहरुको अस्तित्वलाई कायम राख्दै स्वस्थ नागरिक उत्पादन र खेलाडीहरुको उर्जालाई कायम राख्ने क्रममा भेट्रान खेलाडीहरुले जुन कार्य गरेका छन् । त्यो सम्मानयोग्य रहेको भन्दै युवा खेलाडीहरुलाई यस कार्यले अझ उत्साहित बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

डिसेम्बर २ देखि ७ सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोली १३ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भेट्रान्स टोलील यस अघिका प्रतियोगिताहरुमा पदक सहित निकैनै राम्रो नतिजा हासिल गर्न सफल भईसकेको छ ।

समाचार वर्गहरू