भेरी अस्पतालका लेखा अधिकृतसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

21

काठमाडौं – भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृत माधवप्रसाद आचार्यसहित १५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ३० लाख रुपैयाँ बिगो माग गदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अस्पतालका कम्प्यूटर अपरेटर अरुणराज खनाल स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ परेपछि अनुसन्धानको क्रममा उनीसहित लेखापाल ईन्द्रबहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीविरुद्ध आयोगले आज आरोपपत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध आयोगले १९ लाख १३ हजार ७० रुपैयाँ विगो माग गरेको छ । यस्तै उनीहरुलाई घूस दिने ११ जना विभिन्न फर्म तथा पसल सञ्चालकविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । ११ जनाविरुद्ध भने आयोगले १३ लाख ६२ हजार ७ सय रुपैयाँ विगो माग गरेको छ ।

समाचार वर्गहरू