भोटेकोशीका स्थानीयद्वारा अरनिको राजमार्ग अवरुद्ध

80

काठमाडौं –  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ का स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन ।

भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरो ब्याबस्थापन, पहिरोको कारण दर्जन गाउँ जोखिममा परेको र अबौ राजस्व संकलन हुने नाकालाई वेवास्ता गरेर सडक निर्माणमा आलटाल गरेको आरोप लगाउदै राजमार्ग अवरुद्ध गरेका हुन्।

शनिबार बिहानबाट स्थानीयले राजमार्ग अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए । उनका अनुसार स्थानीयले कालो ब्यानर सडकमा टाँगेर राजमार्ग अवरुद्ध गरेका छन ।

राजमार्ग अन्तर्गत १० किलो, कोप्लाङघट्टेखोलाईकोकोदारी र लिपिङ लगाएतका स्थानीयले सरकारले दिएको झुटो आश्वासनका कारण राजमार्ग अवरुद्ध गर्न बाध्य भएको बताएका छन्

गत बर्खामा अरनिको राजमार्गको भोटेकोशी गाउॅपालिका भीत्रका सडक खण्डका विभिन्न स्थानमा लेदो सहित आएको पहिरोले सडक अवरुद्ध भएको थियो । महिनादेखि बन्द भएको राजमार्ग दशैंको मुखमा आँशिक खुलेको थियो ।

समाचार वर्गहरू