भोलि या पर्सीसम्म शिक्षहरू फर्किनुहुन्छ – प्रवक्ता गुरुङ

57

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकहरूबीच भोलि या पर्सीसम्म सहमति हुने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघबीच निरन्तर छलफल भइरहेको बताए।

उनका अनुसार सोमबार शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवबीच भएको छलफलमा केही विषयमा सहमति जुटेको छ।

‘उहाँहरूबीच केही विषयमा सहमति जुटेको छ। भोलि या पर्सीसम्म सहमति भएर शिक्षकहरू स्कुल फर्किने वातावरण बन्छ,’ उनले भने।

समाचार वर्गहरू