भ्रमण वर्ष प्रचारमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्रीलाई र्याली निकाल्न रोक

25

क्यानबेरा – नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराईलाई र्याली निकाल्न सिड्नी प्रहरीले रोक लगाएको छ । र्याली निकाल्न सुरु गरेको बखत मन्त्री भट्टराईको टोलीलाई त्यहाँको प्रहरीले रोकेको हो ।

र्यालीमा मन्त्री भट्टराईसहित अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायत पनि सहभागी थिए । र्यालीले पैदलयात्रीलाई अवरोध गर्ने र र्यालीका लागि अनुमति समेत नलिएको भन्दै सिड्नी प्रहरीले रोक लगाएको हो ।
र्याली व्यवसायीक लाभका लागि भएकाले पनि रोक लगाइएको साउथ एशिया डटकमले जनाएको छ ।

समाचार वर्गहरू