मंगलबार नेप्से दोहोरो अंकले ओरालो लाग्यो

62

काठमाडौं – कारोबारको तेस्रो दिन मंगलबा धितोपत्र बजार दोहोरो अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज १७ दशमलव ७९ अंकले ओरालो लागेर २ हजार ४ सय २३ दशमलव ९ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।
नेप्से ओरालोसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ६३ करोड रुपैयाँले गिरावट आएको छ ।

नेप्से हिजो ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजो दोहोरो अंकले उकालो नेप्से हालसम्म कै उच्च २ हजार ४ सय ४० दशमलव ८८ बिन्दुमा पुगेको थियो ।

नेप्सेमा आज कुल २ सय ७ कम्पनीका ६३ हजार ८ सय १७ कारोबारबाट एक करोड ९६ लाख ६ हजार ५ सय ४५ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज कारोबार भएका होटल र वित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । होटलको २ दशमलव ६८ र वित्त समूहको उपसूचक १ दशमलव १२ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक घटे पनि केहि कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् ।

सबैभन्दा धेरै कमाउने गुराास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । यस संस्थाको ९.९७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स देखिएको छ भने तेस्रोमा युनाइटेड फाइनान्सका लगानीकर्ताहरुले धेरै कमाएका छन् । प्रभु लाइफको ९.९४ प्रतिशतले सेयर मूल्य बढ्दा युनाइटेडको ९.८८ प्रतिशतले बढेको छ ।

नेप्सेमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी एक अर्ब ४५ करोड ७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

समाचार वर्गहरू