मंगलबार नेप्से दोहोरो अंकले घट्यो

56

मध्यबिन्दु/काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज मंगलबार दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लागेको नेप्से आज १२.०९ विन्दुले घटेर एक हजार ३ सय ३७.०४ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सेन्सेटिभ परिसूचक समेत २.९२ बिन्दुले घटेर २ सय ८४.९९ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि आज पनि कारोवार रकम भने डेढ अर्बमाथि नै रहेको छ । १७६ कम्पनीका ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर ओरालो लागेको छ । निर्जीवन बीमा सबैभन्दा धेरै २८.७९ अंकले बढ्दा जीवन बीमा ७६.८८ तथा होटल ७४.२३ अंकले घटेको छ ।

समाचार वर्गहरू