मंसिर ४ भन्दापनी कडा हावाहुन्डरी देखियो – जितनारायण श्रेष्ठ

8

काठमाडौं – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता जितनारायण श्रेष्ठले यो निर्वाचनमा मंसिरको भन्दा पनि कडा हावाहुन्डरी देखिएको बताएका छन्।

बिहिबार चितवनमा आयोजित धन्यवाद कार्यक्रमा बोल्दै श्रेष्ठले ४ मंसिरमा भन्दा पनि १० वैशाखको उपनिर्वाचनमा कडा हावाहुन्डरी चलेको बताएका हुन्।

श्रेष्ठले चुनावको क्रममा केन्द्रदेखि वडा वडासम्मको सक्रियताले हारिन्छ भन्ने नलागेको भन्दै ४ मंसिरको भन्दा कडा हावाहुन्डरीका कारण पराजित हुनुपरेको प्रतिक्रिया दिए।

उनले निर्वाचनमा पराजित हुनुपरे पनि सधैँ जनताको सेवामा रहने बताउँदै भने ‘म हिजोभन्दा पनि सक्रिय भएर जनताको सेवामा लाग्नेछु, केन्द्र-जिल्लाबाट होइन, म आफैँ पहिले सच्चिनेछु। सबैजना आफैँ सच्चिनुपर्नेछ। अब भनेको कि त सकिने कि सच्चिने हो। सकिन हामीलाई मन्जुर छैन। हामी सच्चिने हो,’ उनले भने।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू