काठमाडौं – काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
सँगै सुतेका श्रीमान नवराज रञ्जितकार भने सकुशल छन् । बिहान श्रीमतीलाई बोलाउँदा नउठेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
कोठामा भेन्टीलेटर नभएकाले अक्सिजन अभाव भएकाले उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीको टोली घटनास्थल पुगेको छ ।