काठमाडौं – निर्वाचन आयोगले मतदाता परिचय पत्र नभएकालाई नागरिकता देखाएर मतदान गर्न मिल्ने बताएको छ।
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएका वा नभएकालाई नागरिकता लिएर मतदान केन्द्रमा जान आयोगले अनुरोध गरेको छ।
‘मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले नागरिकता देखाएर पनि मतदान गर्न पाउने छन् ।’ उनका अनुसार स्थानीय तहमा मात्रै होइन, सबै तहको निर्वाचनको पहिलो सर्त भनेको मतदाता नामावली हो।
उनले भने, ‘मतदाता नामावलीको पूर्वसर्त भनेको नागरिकताको प्राप्ति हो। त्यसकारण नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्न पाउनेगरी निर्वाचनको व्यवस्था गरिएको छ।’