मधेशका सभामुखले गरेको ५ सांसदमाथिको कारबाही उप सभामुखद्वारा बदर

81

काठमाडौं – मधेशका सभामुख रामचन्द्र मण्डलले पाँचजनालाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् ।

उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना विहीबार जारी गरेका थिए ।

विहीबार नै उपसभामुख बबिता कुमारीले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख छ ।

सभामुखको निर्णय प्रतिशोध र आवेगमा आएको उपसभामुखको भनाइ छ ।

समाचार वर्गहरू