मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्ण यादव नियुक्त

60

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभले कांग्रेस संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि ६ दलका ७७ प्रदेश सांसदको समर्थनमा यादवले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख लाभसमक्ष दाबी पेस गरेका थिए।

उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ प्रदेश सांसदले समर्थन गरेका छन्।

शुक्रबार बसेको ६ दलको बैठकमा कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको थियो। यसअघि मुख्यमन्त्रीका लागि लोसपाले समेत दाबी गरे पनि कांग्रेसको नाममा सहमति जुटेको थियो।

प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।

समाचार वर्गहरू