मधेशमा कांग्रेसका मन्त्री आउट, एमालेबाट इन

3

काठमाडौं – सत्ता गठबन्धन हेरफेरसंगै मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारबाट कांग्रेसलाई हटाएर एमालेलाई भित्र्याएका छन् । सोमबार गरिएको मन्त्रिमण्डल पुनर्गठनमा यादवले कांग्रेसका मन्त्रीलाई हटाएर एमालेबाट मन्त्री थपेका हुन् । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अपराह्न एमालेका संसदीय दलका नेता सरोजकुमार यादव(महोत्तरी)लाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा मन्त्री यादवलाई शपथ ग्रहण गराएकी हुन् । मधेश प्रदेश सरकार पुनर्गठन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

मधेश प्रदेश सरकारमा कांग्रेसका ३ जना मन्त्री थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकास, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या तथा मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री थिए ।

मधेश प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरु भने मुख्यमन्त्रीले पदमुक्त नगरेसम्म नछोड्ने अडानमा थिए । उनीहरु राजिनामा नगरेर बसिरहेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू