काठमाडौं – मधेश केन्द्रित दलहरुले उपराष्ट्रपतिको निर्वाचनको पुर्व सन्ध्यामा कार्यगत एकता गर्ने सहमती गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमती भएको हो।
शनिबार महन्थ ठाकुर नेतृत्वको लोसपा, डा.सिके राउत नेतृत्वको जनमत र रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको हो।
तिनवटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ,‘लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ।’
उनीहरुबीच उपराष्ट्रपतिको निर्वाचन, मधेश र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबंदीहरूको रिहाई, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ।