मधेस प्रदेश सरकारमा थपिए दुई मन्त्री

2

काठमाडौं – मधेस प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। लामो समयदेखि खाली रहेको मन्त्रालयमा कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन्।

सोमबार नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

मधेस सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो। यो सँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छिन्।

उनी सुरुमा मन्त्री सामाजिक विकास मन्त्री नियुक्त भएकी थिइन्। पछि मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी साहलाई पाँचौं पटकको मन्त्रिपरिषद् विस्तारमा विना विभागीय मन्त्री बनाएका थिए।

यसअघि आजै जनमत पार्टीबाट कृषि मन्त्री रहेका बसन्त कुशवाहा र राज्य मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय मन्त्री बनाएको थियो। त्यसयता उनीहरू दुवै जना विना विभागीय मन्त्रीका रूपमा रहेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू