भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले भोलि (आइतबार) देखि नगरक्षेत्र भित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
शनिबार साँझ बसेको नगरको विपद् व्यवस्थापन समितिको बैठकले नगर क्षेत्र भित्र सार्वजनिक यातायात संचालन बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
अरनिको रागमार्गमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्न दिइने नगरप्रमुख श्रेष्ठले बताए ।
अति आवश्यक सामग्रीका पसलहरु–खाद्यन्न पानी, ग्यास र औषधि पसल बिहान ११ देखि १ बजेसम्म खोल्न पाइने नगरपालिकाले जनाएको छ ।