मध्यरातमा महन्थको उपेन्द्रलाई ७ बुंदे स्पष्टीकरण पत्र

11

काठमाण्डौं  – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुंदे स्पष्टीकरण सोधका छन् । यादवले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई कार्वाही गर्ने तयारी गरिरहेका बेला उनलाई नै जेठ ११ मा ठाकुरले स्पष्टिकरण सोधेका हुन ।

स्पष्टीकरणमा ठाकुरले सहमतीविना एकल अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्दै यादवसंग जवाफ मागिएको छ ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग सहकार्य गर्नेमा विवाद छ । अध्यक्ष ठाकुर सरकारले माग पुरा गरेपछि ओली नेतृत्वको सरकारमा सहभागी हुनेमा छन भने यादव उनको विकल्प खोज्नुपर्ने भन्दै विपक्षी गठवन्धनमा सामेल छन् ।

 

 

समाचार वर्गहरू