मनकामना केबुलकारको उपहार योजना

11

(काठमाडौं) – नेपालको पहिलो केबुलकार मनकामना केबुलकार प्रालिले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ ।

एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ । उक्त योजनाअनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजीस्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ ।

कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको हो । यहि कात्तिक ७ गते देखि सुरु भएको यो योजना मंसिर ७ गते सम्म लागू हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने छ ।

यस योजना िचतवनको इसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय र बालबालिकाको टिकटमा भने लागू नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटार देखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पुर्याउँदै आएको छ ।

समाचार वर्गहरू