काठमाडौं – सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाएकाे छ ।
मङ्गलवार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो ।
बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् ।
मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकाेका नागरिककाे ज्यान गएकाे छ ।
त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताइन् ।