काठमाडाैं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । अश्लिल हर्कत गरिरहेका दुई पुरुष र एक महिला रङ्गेहात पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु याैन कार्य गर्दा गर्दै पक्राउ परेका थिए ।
प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई यौन सम्पर्क गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गस्तीमा गएको प्रहरी टोलिले गाडीभित्र निर्वस्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । याैन कार्यमा मन्त्रालयकै कर्मचारी थिए वा अन्य प्रहरीले खुलाएकाे छैन ।