मन्त्रिपरिषद् बैठकअघि कांग्रेस-एमालेबीच छलफल

51

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दुई दलबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी छन्।

उनीहरूबीच समसामयिक राजनीतिक सवालमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफल भएको स्रोतको भनाइ छ।

कांग्रेससँगको छलफलपछि मन्त्रिपरिषद् बैठक तिन घण्टा ढिलोगरी सुरू भएको छ।

समाचार वर्गहरू