मन्त्रिपरिषद् बैठक, राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा र जर्मनी भ्रमण स्विकृत

2

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन्।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो। 

बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमणसमेत स्वीकृत गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

बैठकले गत साता मात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्तामा नियुक्त गरेको छ । ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।

बैठकले वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू