मन्त्रिपरिषद् विस्तार, काँग्रेसका गुरूङ, बस्नेत र लिम्बू मन्त्री नियुक्त

13

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त गरेका हुन्।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् । बुधबार नियुक्त भएका तीन मन्त्रीमध्ये गुरुङ र लिम्बू शेखर कोइराला समूहका हुन् भने बस्नेत संस्थापन पक्षका हुन् ।

कांग्रेसबाट संस्थापनले ६ मन्त्री पाउँदा संस्थापन इतर पक्षले २ मन्त्रीमात्र पाएको छ । यसअघि कम्तीमा तीन मन्त्री नपाएसम्म सरकारमा नजाने भनी कोइराला समूहले अडान राखेको थियो ।

राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार दिउँसो ३ बजे हुनेछ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू